शाहरुख खानका छोरा आर्यन खानलाई जेलबाट निकाल्न २५ करोड रुपैयाँ घुस मागेको खुलाशा-Sutra News

शाहरुख खानका छोरा आर्यन खानलाई जेलबाट निकाल्न २५ करोड रुपैयाँ घुस मागेको खुलाशा

सोमबार, ८ कार्तिक २०७८

सोमबार, ८ कार्तिक २०७८

ड्रग्स केसमा नारकोटिक्स कन्ट्रोल ब्युरोले गिरफ्तार गरेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई छाड्न २५ करोड रुपैयाँ घुस मागिएको एक गवाह (बयान दिने व्यक्ति) ले दावी गरेका छन् । आर्यन खानलाई पक्राउ गरिँदा उनीसँग सेल्फी खिच्ने किरण गोसावीका निजी बडीगार्ड प्रभाकर सेलले यस्तो दावी गरेका हुन् ।



प्रभाकरका अनुसार गोसावीले आर्यनलाई छोड्नको लागि २५ करोड रुपैयाँ मागेका थिए । सेलले पेश गरेको एक एफिडेविटका अनुसार यो माग गोसावीले एनसीबीका प्रमुख समीर वानखेडेको तर्फबाट गरेका थिए । स्मरणीय छ प्रभाकर यो केसमा एनसीबीका गवाह पनि हुन् ।

प्रधाकरले आफ्नो नोटरी गरिएको एफिडेविटमा बताएअनुसार क्रुजमा छापा मारेपछि भएका घटनाक्रममा उनी त्यहीँ थिए । उनले किरण गोसावी र साम नामका एक व्यक्तिलाई एनसीबीको अफिसमा भेटेको देखेका थिए । उनका अनुसार यी दुई जनाले नीलो रंगको गाडीमा शाहरुख खानकी म्यानेजर पुजा डडलानीसँग पनि भेटेका थिए ।

प्रभाकरका अनुसार गोसावीले २५ करोड मागेको भए पनि १८ करोडमा कुरा मिलेको थियो । यसमध्ये ८ करोड समीर वानगेडेलाई दिने र अरु पैसा बाँकी मानिसहरुमा बाँडिने तय भएको थियो । प्रभाकरका अनुसार उनलाई पंचनामा कागज भनेर खाली कागजमा जबरजस्ती हस्ताक्षर गराइएको थियो । प्रभाकरले घटनाको समयमा बनाएको एउटा भिडियोमा गोसावीले आर्यनलाई फोनमा कसैसँग कुरा गराइरहेको पनि देख्न सकिन्छ । डिसीनेपाल

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट