राष्ट्रसंघको चेतावनी- अफगानिस्तानमा छिट्टै नै भोकमरी हुन सक्छ-Sutra News

राष्ट्रसंघको चेतावनी- अफगानिस्तानमा छिट्टै नै भोकमरी हुन सक्छ

सोमबार, ८ कार्तिक २०७८

सोमबार, ८ कार्तिक २०७८

राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको राष्ट्रसंघले चेतावनी दिएको हो । अफगानिस्तानमा करिब २ करोड २८ लाख जनसंख्यामा पर्याप्त खाद्यन्नको अभाव छ । त्यस्तै, ३२ लाख बालबालिका कुपोषणको शिकार बनेका छन् । 



‘अफगानिस्तानमा अहिले मानव संकट गहिरिएको छ । त्यहाँ जुनसुकै बेला भोकमरीको जोखिम छ’ , विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिसलेले भने । १५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा आर्थिक संकट चुलिएको छ । अफगानिस्तानलाई तत्काल सहयोग नगरे त्यहाँ मानवीय संकट गहिरिने अन्तर्राष्ट्रिय समुदायले चेतावनी दिँदै आएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट