एमालेका कारण लुम्बिनी प्रदेशसभा बैठक स्थगित-Sutra News

एमालेका कारण लुम्बिनी प्रदेशसभा बैठक स्थगित

सोमबार, ८ कार्तिक २०७८

सोमबार, ८ कार्तिक २०७८

एमालेको वडा र स्थानीय तहको अधिवेशनका कारण लुम्बिनी प्रदेशसभाको सोमबार बस्ने भनिएको बैठक स्थगीत भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले वडा र स्थानीय तहको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि सोमबारका लागि बोलाएको बैठक स्थगित गरिएको हो । 



सभामुख पूर्णबहादुर घर्तीले एमालेको लिखित अनुरोधका आधारमा बैठक स्थगित गरिएको बताए । अबको बैठक यही ११ कात्तिक बिहीबारका लागि तोकिएको छ । यसअघि पनि एमालेको विधान अधिवेशनका कारण असोजमा बैठक स्थगित भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट