अहिले जाडोको मौसम छ । बिहान उठ्ने बित्तकै हामिले तातो पानी र चिया पिउने गर्छौ । यस्तै बिहानै उठेर नास्ता पनि गर्छौ । नास्तामा हामिले विभिन्न खानेकुराहरु खान्छौ ।
तपाईलाई थाहाँ छ, हामिले बिहानै खालिपेटमा खाने केही खानेकुराले हाम्रो स्वास्थ्यलाई फाइदा गर्दैन । बिहान उठ्ने बित्तकै खालीपेटमा हाम्रो पेटमाएसिडको मात्रा धेरै हुने गर्छ । यस्तो बेला विहान एसिडिटीयुक्त खानेकुरा खाँनु हुदैन ।
बिहानै खाली पेटमा एसिडिटीयुक्त खानेकुरा खाँएमा पाचनशक्तिमा समस्या आउछ । बिहान खाली पेटमा ग्रीन टी वा चिया पनि पिउनु हुदैन ।
यसमा हुने कैफीन तत्वले गर्दा पेटमा समस्या आउछ । त्यस्तै बिहान उठेपछी गोलभेँडा नखानुहोस् । यसमा धेरै एसिड हुन्छ । सैचुरेटेड र प्रोटिनको मात्रा बढी हुने दुध पनि नखानुहोस् ।
यदि तपाइले खाली पेटमा दुध पिउनु भएमा खोकीको समस्या हुनसक्छ । बिहान खालिपेटमा दही, केरा पनि नखानुहोस् ।