न्यायाधीशका सामु कड्के चोलेन्द्र- म एक्लैले किन राजीनामा दिने ?-Sutra News

न्यायाधीशका सामु कड्के चोलेन्द्र- म एक्लैले किन राजीनामा दिने ?

मंगलबार, ९ कार्तिक २०७८

मंगलबार, ९ कार्तिक २०७८

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा तत्काल राजीनामा नदिने संकेत गरेका छन् । मंगलबार १३ जना न्यायाधीशहरूसँग भएको छलफलमा आफुले राजीनामा नदिने बताएका हुन् ।



उनले आफू मात्र विवादित न्यायाधीश नभएका कारण अरुले राजीनामा नदिए आफूले पनि राजीनामा नदिने बताएका हुन् ।  मंगलबार सर्वोच्चको निकास खोज्न भन्दै उनले न्यायाधीशहरुसंग छलफल गरेका थिए ।

प्रधानन्यायाधीशले भने ‘विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्नँ ।’

उनीमाथि राजनीतिक भागबण्डामा सामेल भएको आरोप छ । सर्वोच्च अदालतमा चोलेन्द्र पूर्णरुपमा एक्लिएका छन् । १४ न्यायाधीश उनको विपक्षमा रहेका छन् ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट