काठमाडौँ । सत्याग्रही प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेका छन् ।
डा. केसीले सोमबार विज्ञप्ति जारी गर्दै उनको राजीनामा माग गरेका हुन् । जबरा न्यायिक विचलन, भागवण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको उनको आरोप छ ।
विवादमा तानिएका चोलेन्द्रको यतिबेला चौतर्फी रुपमा राजीनामा माग गरिएको छ ।
केसीको विज्ञप्तिमा भनिएको छ, ‘तत्काल राजीनामा नदिए उनको पदमुक्तिका लागि आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ ।’