सांग्रिला विकास बैंकले १७ औं वार्षिकोत्सवको उपलक्षमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
मंगलवार टोखास्थित सत्य साइ शिक्षा सदनको सभा हलमा वित्तीय साक्षरता कार्यक्रम शुरू गरिएको हो ।
बैंकको टोखा ब्रान्चले सत्य साइ शिक्षा सदनका ३८ विद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धी विषयमा प्रशिक्षण गरेका हुन् ।
‘टोखा ब्रान्चको टीम गएर विद्यालयकै हलमा हामीले उहाँहरूलाई प्रशिक्षण दियौं,’ बैंकका ब्रान्च म्यानेजर रामप्रसाद सुवेदीले बताए । उनले बैंकको सामाजिक उत्तरदायीत्वअन्तर्गत देशव्यापी रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएकोसमेत जानकारी दिए ।
वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षारता, रक्तदान शिविर, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका देशका विभिन्न ठाउँहरूमा गरिएको उनले सुत्रन्यूजलाई बताए ।
सोमवार बैंकको बाग्लुङ शाखाले निशुल्क स्वास्थ्य तथा आँखा शिविर संचालन गरेको थियो ।