प्रधानन्यायाधीशको बचाउ गर्दै देउवाले भने- अदालतको निर्णय अदालतले नै गर्छ, हामी बोल्न आवश्यक छैन-Sutra News

प्रधानन्यायाधीशको बचाउ गर्दै देउवाले भने- अदालतको निर्णय अदालतले नै गर्छ, हामी बोल्न आवश्यक छैन

बुधबार, १० कार्तिक २०७८

बुधबार, १० कार्तिक २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रकरणमा आफूहरु केही बोल्न नमिल्ने बताएका छन् । बुधबार आफ्नो सरकारी निवास बालुवाटारमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।



त्यस्तै उनले परमादेश दिने सबै न्यायाधीशहरूलाई हटाउनुपर्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको टिप्पणी गरेका छन् । कार्यक्रममा बोल्दै उनले भने, ‘परमादेश ल्याउने सबैलाई हटाउनु पर्दछ भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्दछ मलाई । अरू कुरा धेरै केही भन्नु छैन तपाईंहरूलाई ।’

प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको दाबी गर्दै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई सचेत गराए ।

प्रधानमन्त्री देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको तर्कसमेत गरेका छन् ।

पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र विवादमा रहेका छन् । उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव विभिन्न पार्टीहरुले गर्दै आएका छन्  । तर काँग्रेस भने उनलाई महाभियोग  लगाउने पक्षमा नरहेको संकेत देखाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट