काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेता प्रभु साहबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच ओली निवास बालकोटमा बुधबार बिहान भेटवार्ता भएको हो । एमालेमा असन्तुष्ट रहेका प्रभु साह र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण हेरिएको छ ।
ओलीले आफ्नो प्रस्ताव नमानेको भन्दै नेता साहले पछिल्लो समय असन्तुष्टि जनाउंदै आएका छन् । उनले ओलीका कारण भन्दै एमालेको प्रथम विधान महाधिवेशन पनि बहिष्कार गरेका थिए ।
उनीहरुबीचको आजको भेटवार्तामा ८ बुँदे माग कार्यान्वन गर्ने विषयमा ओलीसँग सहमति भएको बताइएको छ ।