अष्टलक्ष्मी शाक्य- एमालेले गुमाएको तेस्रो मुख्यमन्त्री-Sutra News

अष्टलक्ष्मी शाक्य- एमालेले गुमाएको तेस्रो मुख्यमन्त्री

बुधबार, १० कार्तिक २०७८

बुधबार, १० कार्तिक २०७८

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । उनले राजीनामा दिएसंगै एमालेले तेस्रो मुख्यमन्त्री पनि गुमाएको छ ।



नेकपा (एमाले)बाट मुख्यमन्त्री बनेकी शाक्यले आफ्नो सरकार अल्पमतमा परेपछि बुधबार पदबाट राजीनामा दिएकी हुन् ।

प्रदेशसभामा रहेका १०९ जना सांसदको बहुमत संख्या ५६ जना सांसद रहेको एमालेको एकल बहुमतको सरकारको नेतृत्व गरेकी मुख्यमन्त्री शाक्य पार्टी विभाजन भई १३ जना सांसदले एकीकृत समाजवादी रोजेपछि अल्पमतमा परेकी थिइन् । 

मुख्यमन्त्री शाक्यसलाई अहिले एमालेका ४३ जना सांसदको समर्थन रहेकाले विश्वासको मत नपुग्ने ठान्दै उनले राजीनामा दिएकी हुन् । 

प्रदेशसभामा सम्बोधनका क्रममा शाक्यले आफ्नो राजनीतिक सङ्घर्षयुक्त विगत स्मरण गरेकी थिइन्। उनले देश पहिलो पटक सङ्घीयतामा गएको भन्दै प्रदेश बनाउन सरकार र प्रतिपक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिइन् ।

“हामी संस्कारयुक्त बनौँ, द्वन्द्व लाई कम गरौँ, यो प्रदेश बनाउन मिलेर काम गरौँ। हामी नमिले यो प्रदेश बनाउन सकिँदैन,” उनले भनिन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट