मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको आज सपथ, कोको बन्दैछन् मन्त्रीहरू ?-Sutra News

मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको आज सपथ, कोको बन्दैछन् मन्त्रीहरू ?

बिहिबार, ११ कार्तिक २०७८

बिहिबार, ११ कार्तिक २०७८

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दैछन् । यसअघि मुख्यमन्त्री रहेकी अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि ५९ सांसदको हस्ताक्षरसहित पाण्डेले मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका थिए ।



सत्तारूढ गठबन्धनका तर्फबाट पाण्डे मुख्यमन्त्री बन्ने भएपछि कोको मन्त्री बन्दैछन्, यसबारेमा चासो व्याप्त रहेको छ ।

स्रोतका अनुसार आज पाण्डेसँगै कांग्रेस सांसद कृष्ण भडेलले सपथ लिँदैछन् भने माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेकपा एसबाट कृष्ण खनालले पनि मन्त्रीका रूपमा सपथ लिने कार्यक्रम रहेको छ ।

मन्त्रिपरिषदको संख्या तत्काललाई यति नै रहेको स्रोतको दाबी छ । बाँकी मन्त्रिपरिषद बिस्तार तिहारपछि हुने बताइएको छ ।

१ सय ९  सांसद रहेको प्रदेश सभामा सरकार बनाउन आवश्यक सांसदको संख्या ५५ हो । नेकपा एमाले विभाजनअघि अध्यक्ष ओलीनिकट डोरमणि पौडेल मुख्यमन्त्री थिए भने त्यसपछि ७१ दिनसम्म अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा रहिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट