झाँक्रीलाई निमोनिया, वीरमा उपचार हुँदै-Sutra News

झाँक्रीलाई निमोनिया, वीरमा उपचार हुँदै

बिहिबार, ११ कार्तिक २०७८

बिहिबार, ११ कार्तिक २०७८

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई एक्कासी निमोनिया देखिएको छ । ज्वरो र रुघाले गालेपछि उनलाई निमोनिया देखिएको छ ।



स्वास्थ्यमा समस्या देखिएपछि झाँक्री बुधबार वीर अस्पताल भर्ना भएकी छन् । सामान्य प्रकृतिको निमोनिया देखिएको कोभिड युनिफाइड अस्पतालले जनाएको छ ।

मन्त्री झाँक्रीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । वीर अस्पतालको भीआईपी उपचारकक्षमा उनको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट