संसदको चालु अधिवेशन अन्त्य गर्ने दाउमा देउवा-Sutra News

संसदको चालु अधिवेशन अन्त्य गर्ने दाउमा देउवा

बिहिबार, ११ कार्तिक २०७८

बिहिबार, ११ कार्तिक २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्यको तयारी गरेको छ । आजै मन्त्रिपरिषद बैठक बसेर अन्त्य गर्न सक्ने गरी तयारी गरिएको बताइएको छ ।



पछिल्लो समय कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडु र सभामुख अग्निप्रसाद सापकोटाबीच निरन्तर रुपमा छलफल भइरहेको छ । यसका कारण पनि सरकार अधिवेशन अन्त्य गर्ने अवस्थामा रहेको बुझ्न सकिन्छ ।

आज प्रतिनिधिसभा बैठक बसेको थियो । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर कार्तिक २९ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट