आईसीसी टी२० विश्वकपः पाकिस्तानी क्रिकेट टोलीलाई समर्थन गर्ने मुस्लिम भारतमा पक्राउ-Sutra News

आईसीसी टी२० विश्वकपः पाकिस्तानी क्रिकेट टोलीलाई समर्थन गर्ने मुस्लिम भारतमा पक्राउ

बिहिबार, ११ कार्तिक २०७८

बिहिबार, ११ कार्तिक २०७८

आइतवार भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो



टी२० विश्वकप क्रिकेटको खेलमा पाकिस्तानले भारतलाई हराएपछि हर्षोल्लास गरेको आरोप लागेका तीन कश्मीरी विद्यार्थीलाई भारतको उत्तर प्रदेश राज्यमा पक्राउ गरिएको छ।

प्रहरीका अनुसार आइतवार खेल भइरहँदा उनीहरूले भारतको विरोध गर्दै पाकिस्तानको समर्थनमा नाराबाजी गरेका थिए।

उनीहरूविरुद्ध “शत्रुतालाई प्रोत्साहन गरेको तथा साइबर आतङ्कवाद” को अभियोग लगाइएको छ।

आगरा सहरमा गरिएको उक्त कारबाहीलाई मुस्लिम समुदायविरुद्धको दमनका रूपमा लिइएको छ।

टी२० विश्वकप क्रिकेटमा पाकिस्तानसँग भारत १० विकेटले पराजित भएको थियो।

भारत र पाकिस्तानबीच तिक्ततापूर्ण सम्बन्ध छ। क्रिकेट खेलका कारण उनीहरूबीच बेलाबेलामा तनाव अझ बढ्छ। बीबीसी 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट