प्रधानन्यायाधीश प्रकरण- ओलीले धमिलो पानीमा माछा मार्न खोजेको बाबुरामको आरोप-Sutra News

प्रधानन्यायाधीश प्रकरण- ओलीले धमिलो पानीमा माछा मार्न खोजेको बाबुरामको आरोप

बिहिबार, ११ कार्तिक २०७८

बिहिबार, ११ कार्तिक २०७८

जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले न्यायलयभित्रको विवाद लोकतन्त्रको निन्ति शोभनिय नभएको बताएका छन् ।



बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले न्यायलयभित्रको विवादले गम्भीर अनिष्टको संकेत गरेको समेत बताए ।

उनले न्यायलयभित्रको विवाद न्यायलयभित्रैबाट हल हुनुपर्ने भन्दै त्यसो हुन नसके व्यवस्थापिकाले समस्या हल गर्ने जिकिर गरे ।

त्यस्तै उनले एमाले अध्यक्ष केपी ओलीले न्यायलयको आन्तरिक बिषयमा हस्तक्षेप गर्नु खोज्नु पानी धमिलाएर माछा मार्नु जस्तो भएकाले त्यसो नगर्नु नै ठिक हुने सुझाव दिए ।

त्यस्तै कांग्रेस नेता भिमसेनदाश प्रधानले प्रधानन्याधिश कै कारण विवाद उठेको बताए । न्यालयको विवाद न्यायलयबाटै निरुपण भए न्यायलयको इज्जत बढ्ने उनको भनाई छ ।

त्यस्तै एमाले सांसद महेश बस्नेतले उहाले न्यायलयमा देखिएको समस्या व्यक्तिगत रुपमा भन्दा पनि नीतिगत समाधान हुनुपर्ने बताए ।

बस्नेतले वर्तमान प्रधान्याधिश हटाएर नयाँ प्रधानन्याधिश ल्याउनका लागि विवाद सिर्जना गर्न खोजिको आशंका व्यक्त गरे ।

भट्टाराईको आरोप- ओलीले सर्वोच्च अदालतको काममा हस्तक्षेप गर्न खोज्दै छन्

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट