काठमाडौँ । सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।
सरकारले संघीय संसदको चालु अधिवेशन आजै मध्यरातिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।