प्रधानमन्त्री देउवाद्वारा संसदको अधिवेशन अन्त्य गर्न सिफारिस-Sutra News

प्रधानमन्त्री देउवाद्वारा संसदको अधिवेशन अन्त्य गर्न सिफारिस

बिहिबार, ११ कार्तिक २०७८

बिहिबार, ११ कार्तिक २०७८

काठमाडौँ । सरकारले संघीय संसदको चालु अधिवेशन आजै मध्यरातिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।



बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

त्यस्तै आजै बसेको मन्त्रिपरिषद बैठकले तीन देशका लागि राजदूत सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र  श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट