चीन-भारतबीच चर्कियो सीमा समस्या, नयाँ कानूनले सम्बन्ध झनै बिग्रने भन्दै भारतको आपत्ति-Sutra News

चीन-भारतबीच चर्कियो सीमा समस्या, नयाँ कानूनले सम्बन्ध झनै बिग्रने भन्दै भारतको आपत्ति

शुक्रबार, १२ कार्तिक २०७८

शुक्रबार, १२ कार्तिक २०७८

चीनको विदेश मन्त्रालयले नयाँ सीमा सुरक्षा कानूनले हाल कायम रहेको सीमा सन्धी  र सीमा सम्बन्धी विषयमा कुनै परिवर्तन नआउने बताएको छ ।



चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतको नाम नलिइकन चीनको घरेलू कानूनको बारेमा अन्य देशहरूले अड्कल लगाउन नहुने बताएका हुन् । भारतले चीनको नयाँ ल्याण्ड बोर्डर कानूनलाई लिएर आपत्ति जनाइरहेका बेला चीनको विदेश मन्त्रालयबाट यस्तो भनाइ आएको हो ।

गत २३ अक्टुबरमा चीनको नेशनल पिपल्स कांग्रेसको स्थायी कमिटीले यस कानूनलाई पास गरेको थियो । चीनको सरकारी समाचार एजेन्सी सिन्हुनाको रिपोर्ट अनुसार यस कानूनको उद्देश्य जमिनसँग जोडिएको चीनको सीमा सुरक्षा र उपयोग गर्ने रहनेछ ।

यो कानून आउँदो जनवरीबाट कार्यान्वयनमा आउनेछ । कानूनमा भारतसँग जोडिएको सीमाको बारे कुनै कुरा उल्लेख छैन । तर भारतले चीनले बनाएको यस्तो कानून आफ्नो देशसँग जोडिएको सीमामा लागू गरिन लागेको भन्दै आपत्ति जनाएको हो । चीन र भारतबीच ३ हजार ४ सय ८८ किलोमिटर सीमा विवादित छ ।

भारतलगायत चीनको सीमा १४ देशसँग जोडिएको छ । यसको जम्मा लम्बाई २२ हजार ४ सय ५७ किलोमिटर रहेको छ । मंगोलिया र रूसपछि चीनको सबैभन्दा लामो सीमारेखा भारतसँग छ । विवाद भने भारतसँग मात्र रहेको छ, रुस र मंगोलियासँग चीनको कुनै सीमा विवाद छैन । भुटानसँग पनि ४ सय ७७ किलोमिटर सीमा विवादित रहेको छ ।

भारतले चीन वास्तविक नियन्त्रण रेखा अर्थात् एलएसीलाई यथास्थितिमा बदल्ने कदमलाई सही ठहर्याउनका लागि ल्याण्ड बाउन्ड्री कानून कार्यान्वयन नगर्न भनेको छ । भारतले चीनको यस कानूनलाई कडा शब्दमा आलोचना गरेको छ ।

भारतले चीनको यस्तो कानून एकतर्फी मात्र रहेको बताएको छ । सीमा सम्बन्धमा दुवै पक्षबीच छलफल हुनुपर्नेमा चीनले एकतर्फी कानून बनाएर सीमा समस्या समाधान गर्न नसक्ने भारतको दाबी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट