बढ्दैछ पुरुष स्तन क्यान्सरको रोग, यी लक्षणलाई नजरअन्दाज नगर्नुहोस्-Sutra News

बढ्दैछ पुरुष स्तन क्यान्सरको रोग, यी लक्षणलाई नजरअन्दाज नगर्नुहोस्

शुक्रबार, १२ कार्तिक २०७८

शुक्रबार, १२ कार्तिक २०७८

मोटोपन, मादक पदार्थको सेवन र धुम्रपान जस्ता कूलतहरू खराब जीवनशैलीका अंगहरू हुन् । यी कूलतले पुरुषहरूमा पनि स्तन क्यान्सरको खतरा बढिरहेको छ ।



महिलामा मात्र हुने मानिएको स्तन क्यान्सर आजकल पुरुषहरूमा पनि देखिन थालेको छ । यदि यी बानी व्यहोरामा ध्यान नदिए पुरुषको स्तन क्यान्सरको रोगले धेरैको ज्यान लिने पक्का छ ।

महिलाको तुलनामा पुरुषहरूको स्तन क्यान्सर कम छ । प्रत्येक वर्ष केही पुरुषहरूमा मात्र देखिने यस्तो क्यान्सर पुरुषको स्तनको टिस्युमा अनावश्यक कोष जम्मा भएर देखिन्छ ।

१० वर्ष पहिला ५० देखि ७० वर्ष उमेर समूहमा यस्तो देखिन्थ्यो भने आजकल ४०-५० वर्षमै यो रोग देखिन थालेको छ ।

पुरुष स्तन क्यान्सरमा ज्यादातर स्तनमा गाँठो देखिन्छ । अल्सर पनि देखिन सक्छ । यो लक्षण अगाडि बढेर कमर दुख्ने, जन्डिस र सास फेर्न मुश्किलसमेत हुन सक्छ ।

पुरुषको स्तन क्यान्सर अधिकतर मात्रामा आनुवंशिक कारणबाट हुने गर्छ । यसबाहेक गाइनेकोमेस्टियाबाट पीडित मान्छेहरूमा पनि यो क्यान्सर देखिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट