कपिलवस्तुमा ठूलो परिमाणमा ब्राउन सुगरसहित एक जना पक्राउ-Sutra News

कपिलवस्तुमा ठूलो परिमाणमा ब्राउन सुगरसहित एक जना पक्राउ

शुक्रबार, १२ कार्तिक २०७८

शुक्रबार, १२ कार्तिक २०७८

कपिलवस्तुमा ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगर बरामद भएको छ ।



प्रहरीले नेपाल भारत सीमा क्षेत्रमा पर्ने मायादेवी गाउँपालिका-४ चाकरचौडाबाट ९२ ग्राम ८२ मिली ग्राम तौल भएको २२ पोका ब्राउन सुगर बरामद गरेको हो । यो परिमाण यस वर्ष देशभरमा बरामद भएकोमध्ये सर्वाधिक हो । 

लागुऔषधसहित बाणगंगा नगरपालिका ४ धनेशपुरका २७ वर्षीय विजय खत्री पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

उनकाअनुसार बिहीबार दिउँसो १ः४५ बजे भारतदेखि नेपालतर्फ ल्याउँदै गर्दा सीमा प्रहरी चौकी चाकरचौडाले खत्रीलाई पक्राउ गरेको थियो । 

पक्राउ परेका कार्कीलाई लागुऔषध ऐन २०३६ अनुसार मुद्दा दायर गरिएको कपिलवस्तु प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट