प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विषयलाई लिएर सर्वोच्च अदालतमा केही दिनदेखि विवाद चलिरहेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष विपक्षमा वकिलहरूसमेत विभाजित भएका कारण आज सर्वोच्च अदालतभित्रै कुटाकुट भएको छ ।
वकिलहरू विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो।
काठमाडौं बारका अधिवक्ता विराट न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता भूमिनन्द चुँडाललाई थप्पड हानेका हुन्।
थप्पड खाएका चुँडालले आफू कानुनी प्रक्रियामा जाने बताएका छन् ।