प्रधानन्यायाधीश प्रकरण- महाभियोग लगाउन प्रतिपक्ष आतुर, सत्तापक्ष विभाजित-Sutra News

प्रधानन्यायाधीश प्रकरण- महाभियोग लगाउन प्रतिपक्ष आतुर, सत्तापक्ष विभाजित

शुक्रबार, १२ कार्तिक २०७८

शुक्रबार, १२ कार्तिक २०७८

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा यतिबेला विवादमा मुछिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारसँग मन्त्री पद मागेको खुलेसंगै थप विवादमा आएका हुन् ।



यतिबेला राजीनामा दिनुपर्ने भन्दै एउटा समूह नै लागिपरेको छ । नेपाल बार एसोसियसनदेखि लिएर विभिन्न संस्थाहरु उनले राजीनामा दिनुपर्ने भनेर लागिपरेका छन् । तर उनी सहजै रुपमा राजीनामा दिन भने तयार रहेका छैनन् । उनले संकेत गरेअनुसार उनले राजीनामा नदिने तर परिआए महाभियोग खेप्ने तयारीमा छन् ।

गैरसांसद हमाललाई मन्त्री बनाएपछि सत्ता गठबन्धनसँगै नागरिक स्तरबाट सरकारको चर्को आलोचना भएको थियो । आलोचना थेग्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमाललाई राजीनामा दिन आग्रह गरेका थिए ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन नसकेपछि सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति  प्रधानमन्त्री बनाउनका लागि परमादेश जारी गरेको थियो ।

चोलेन्द्रको राजीनामा माग्नुपर्ने विषय बाहिर चर्को रुपमा चलेपनि सत्तापक्ष भने राजीनामाको विषयमा मौन देखिएको छ । महाभियोग लगाउने या नलगाउने भन्ने विषयमा सत्तापक्षमै दुई धार देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट