हृदयघातका कारण सुपरस्टार अभिनेता पुनित राजकुमारको निधन-Sutra News

हृदयघातका कारण सुपरस्टार अभिनेता पुनित राजकुमारको निधन

शुक्रबार, १२ कार्तिक २०७८

शुक्रबार, १२ कार्तिक २०७८

कन्नड सुपरस्टार अभिनेता पुनित राजकुमारको हृदयघातका कारण निधन भएको छ । उनको निधन ४६ वर्षको उमेरमा बैंगलुरूस्थित बिक्रम हस्पिटलमा बिहीबार भएको हो । जिममा रहेका पुनित अचानक ढलेपछि उनलाई तत्काल हस्पिटल लगिएको थियो । उनको उपचारमा संलग्न डाक्टर रंगनाथ नायकद्वारा जारी स्टेटमेन्ट अनुसार उनलाई छातीमा दुखाइ भएपछि ११ बजेर ३० मिनेटमा अस्पताल ल्याइएको थियो । उहाँलाई अस्पतालमा ल्याउँदा अवस्था बिग्रिसकेको थियो ।



शिव राजकुमारका दाई समेत रहेका पुनितले सन् १९७६ बाट बाल कलाकारको रुपमा अभिनय सुरू गरेका थिए । उनको गत अप्रिलमा युवराथना नामक फिल्म रिलिज भएको थियो । जेम्स नामक उनको फिल्म छायांकन भरहेको छ । पुनितको मृत्युको खबर सार्वजनिक भएसँगै कलाकारहरूले सामाजिक संजालमार्फत श्रद्धान्जली व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट