नेपाल बार एसोसिएनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरूद्ध देशभर आन्दोलन गर्ने भएको छ । पटकपटक विवादमा आउँदा पनि राजीनामा नदिएको भन्दै बार उक्त निर्णय गर्न बाध्य भएको हो ।
बारले आइतबार १ घण्टा कालोपट्टी बाँधेर प्रधानन्यायाधीशको विरोध गर्ने निर्णय बार एसोसिएनले गरेको छ ।
सोमबार देशभरका अदालतमा १ घण्टा कालोपट्टी बाँधेर विरोध गर्ने, मंगलबार सर्वोच्च अदालतको गेटमा कालो पट्टीसहित धर्ना दिने र बुधबार कालोपट्टी बाँधेर प्रधानन्यायाधीशलाई ज्ञापनपत्र बुझाउने निर्णय भएको छ ।
बारले तिहारसम्मका लागि प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलनका थप कार्यक्रम पनि सार्वजनिक गरेको छ।