प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारका वकिल प्रदर्शनमा-Sutra News

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारका वकिल प्रदर्शनमा

आइतबार, १४ कार्तिक २०७८

आइतबार, १४ कार्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध नेपाल बार एसोसियसनले आजबाट आन्दोलन शुरू गरेको छ । आइतवार बिहान बारले हातमा कालो पट्टी बाँधेर प्रदर्शन गरेको हो ।



बारका अधिवक्ताहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सडकमा प्रदर्शन गरेका हुन् । आन्दोलनमा पूर्व सभामुख दमननाथ ढुंगानासमेत सहभागी देखिन्छन् ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा भएको आन्दोलनमा बारमा आबद्ध अधिकांश अधिवक्ताहरू सहभागी छन् ।

प्रदर्शन सर्वोच्च अदालतको परिसरमा भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट