अदालत परिसरमा ‘कालोपट्टी भर्सेस सेतोपट्टी’-Sutra News

अदालत परिसरमा ‘कालोपट्टी भर्सेस सेतोपट्टी’

आइतबार, १४ कार्तिक २०७८

आइतबार, १४ कार्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसियसनका वकिलहरूले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् भने त्यही स्टाइलमा जबरा समर्थक वकिलहरूले हातमा सेतोपट्टी बाँधेका छन् ।



न्यायालयमा बेथितिको बढावा दिएको भन्दै बारका अधिकांश वकिलहरूले जबराको राजीनामा मागेका छन् । बाराका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र अन्य पूर्वअध्यक्षको नेतृत्वमा भएको आन्दोलनलाई काउन्टर दिन केही वकिलहरूले सेतोपट्टी बाँधेका हुन् ।

जबराको राजीनामा माग्ने विरुद्ध सेतोपट्टी लगाउनेहरूमा स्वागत नेपाल, भूमिनन्द सापकोटा लगायतका अधिवक्ताहरू छन् ।

उनीहरूले तोकिएको इजलासमा नगएर न्यायाधीशहरूले सेवाग्राहीहरूको अधिकार कुण्ठित गरेको आरोप लगाएका छन् ।

मन्त्रिपरिषदमा भाग खोजेको, न्यायालय सुधार समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न नचाहेको जस्ता आरोप लगाएर नेपाल बार एसोसियसनले जबराको राजीनामा माग्दै कालोपट्टीसहित प्रदर्शन गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट