प्रचण्डले पार्टी एकता गर्ने प्रस्ताव राखेपछि जसपाले भन्यो, ‘नो’-Sutra News

प्रचण्डले पार्टी एकता गर्ने प्रस्ताव राखेपछि जसपाले भन्यो, ‘नो’

आइतबार, १४ कार्तिक २०७८

आइतबार, १४ कार्तिक २०७८

काठमाडौँ । जनता समाजवादी पार्टीले नेकपा माओवादीसंग पार्टी एकता गर्न अस्वीकार गरेको छ ।



जनता समाजवादी पार्टी (जसपा)का नेता एवम पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले नेकपा माओवादी केन्द्रले कम्युनिस्ट विचार त्याग नगरेसम्म पार्टी एकता गर्न नसकिने बताएका हुन् ।

हिजो शनिबार एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु जसपासंग पार्टी एकता गर्न इच्छा लागेको बताएका थिए ।

सर्लाहीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘धेरै ढिला नगरौं । हामीले गठबन्धन पनि बनाएकै हौं। पार्टी एकताको काम चाडैं सकेर जनकपुरमा एकताको घोषणा गरौं। म जनकपुर आउन तयार छु ।’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट