विमानस्थल नजिकै बम विस्फोट- ६ जनाको मृत्यु, कैयौं घाइते-Sutra News

विमानस्थल नजिकै बम विस्फोट- ६ जनाको मृत्यु, कैयौं घाइते

आइतबार, १४ कार्तिक २०७८

आइतबार, १४ कार्तिक २०७८

यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बम विस्फोटमा परेर ६ जनाको मृत्यु भएको छ । उक्त विस्फोटमा परेर कैयौं मानिसहरु घाइते भएका छन् ।



सो बम विस्फोटनको जिम्मेवारी कसैले पनि लिएको छैन । तर पनि यहाँ हुथी विद्रोहीहरु यस्ता हिंसामा संलग्न भइआएकोले सुरक्षा निकायहरुले सोही समूहमाथि नै आशंका गरेका छन् ।

यतिबेला घाइतेहरुलाई अस्पताल लैजाने काम भइरहेको छ । यहाँका अधिकारीहरुले उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका बिरुद्धमा कारबाही गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट