टी–२० विश्वकप क्रिकेट- आज भारत न्यूजिल्याण्डसँग पराजित भए के हुन्छ ?-Sutra News

टी–२० विश्वकप क्रिकेट- आज भारत न्यूजिल्याण्डसँग पराजित भए के हुन्छ ?

आइतबार, १४ कार्तिक २०७८

आइतबार, १४ कार्तिक २०७८

टी–२० विश्वकप क्रिकेटमा आज भारत र न्युजिल्यान्डको टोली भिड्दैछन् । यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण हुने भएको छ ।



भारतले हालै पाकिस्तानी टोलीसँग नराम्रो हार व्यहोरेको छ ।

यस्तो अवस्थामा विश्वकपका आगामी खेललाई लिएर भारतीय टोलीका कप्तान विराट कोहलीले पछिल्लो खेलमा भएका गल्ती सच्याइने बताएका छन् ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा भारतीय टोली १० विकेटले पराजित भएको थियो भने पाकिस्तानले इतिहास रच्यो । विश्वकपमा पाकिस्तानसँग भारतको यो पहिलो हार हो ।

समूह २ का यी दुवै टोलीले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेका छन् र अब एकअर्कालाई हराएर सेमिफाइनल पुग्न लगभग असम्भव छ।

समूह २ मा पाकिस्तान, न्युजिल्यान्ड, भारत, नामिबिया, स्कटल्याण्ड र अफगानिस्तान गरी ६ टोली छन् । पाकिस्तानले यो समूहमा भारत, न्युजिल्यान्ड र अफगानिस्तानसँग तीन खेल खेलेको छ र तीनवटै जितेको छ । पाकिस्तानले समूह २ को शीर्ष स्थानमा उक्लँदै सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का गरेको छ ।

समूह दुईबाट दुई टोली मात्र फाइनलमा पुग्नेछन् । यस्तो अवस्थामा अब एउटा टोली मात्रै ठाउँ बाँकी छ । भारत र न्युजिल्यान्ड दुवै टोली आज सेमिफाइनलमा पुग्न कठिन हुनेछन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट