प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरी अर्को अध्यादेश ल्याउने भएको छ । सरकारले संसद्को राज्य व्यवस्था समितिले पास गरेको संघीय निजामती सेवा ऐन केही परिमार्जनसहित अध्यादेशबाट जारी गर्ने गृहकार्य अघि बढाएको हो ।
संसद् अधिवेशन अन्त्य गरेपछि सरकार अध्यादेशबाट संघीय निजामती सेवा ऐन जारी गर्ने तयारीमा लागेको हो
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री देउवा बेलायतबाट फर्कनेबित्तिकै अध्यादेश ल्याउने बताएका छन् ।
संघीय निजामती सेवा ऐन नआउँदा कर्मचारी भर्ना, खटनपटन, वृत्ति विकासमा समस्या भएको मन्त्रालयको अधिकारीहरुले बताउँदै आएका छन् ।