संसारमा मानिसहरु विभिन्न कारणले रुने गर्दछन् । रुनु आँफैमा राम्रो कुरा होइन किनभने मानिसहरु आफूलाई पीडा परेपछि मात्र रुने गर्दछन् ।
जो व्यक्ति रुन्छन्, त्यस्तालाई कहिल्यै पनि कमजोर सोच्नुहुँदैन । यस्ता व्यक्ति यो सोच्दैनन् कि सबैको अगाडि रुँदा अरुले के सोच्लान रु न त उनीहरु आफूलाई कमजोर नै ठान्छन् । जो एक राम्रो बानीको रूपमा लिनुपर्छ ।
१. रुँदा टोक्सिन्स उत्पादन हुन्छ
धेरै पीडा भएपछि पश्चात मानिस रुने गर्छ । त्यसबाट विभिन्न केमिकल शरिरमा उत्पादन हुने गर्छन् जसका कारण पीडा कम हुन्छ ।
प्रोटिन प्रोल्याक्टिन, एड्रिनोकोरटिकोट्रोफिक हर्मन, इण्डोरफिन लेउसिन–इन्केफेलिन जस्ता तत्वहरु रोइरहेको अवस्थामा प्राप्त हुने गर्छन् । यी तत्वहरुका कारण मानिसले पीडा कम भएको महसुस गर्न सक्छ ।
२. रुँदा व्याक्टेरिया मर्छन्
रुवाइले ब्याकटेरिहरु मरेर जान्छन् । रोएको आँशुबाट फ्लुड लिसोजाइम उत्पादन हुन्छ । यो मानिस दूध, सेमन, म्युकस र स्यालिभामा पनि पाइइन्छ ।
रुवाइले ५ देखि १० मिनेटको बीचमा ९० देखि ९५ प्रतिशत ब्याकटेरिया मार्ने गर्छ । सन् २०११ मा प्रकाशित फुड माइक्रोबाइलोजीमा यस कुराको उल्लेख गरिएको थियो ।
३. रुदा आखाँको दृश्य मजबुत हुन्छ
आँशु ल्याक्रीम ग्ल्याण्डबाट निर्माण हुन्छ । आखाँमा यसले लुब्रिकेन्टको काम गर्छ । जब आँखामा डिहाइड्रेसन हुन्छ तब आँखाले धमिलो देख्न थाल्छ ।
आँसुले आँखा पखाल्नका साथै आइबल र आइलिड सफा गर्ने काम गर्छ । नेशनल आर्इ इन्स्टिच्युटका अनुसार रुनाले विभिन्न म्युकस मेमब्रेन्सको डिहाइड्रेसन समस्या पनि हल गर्छ ।
४. रुदा राम्रो मुड बनाउन मद्दत पुग्छ
सन् २००८ मा साउथ फ्लोरिडा विश्वविद्यालयले गरेको अध्ययनमा रुनाले राम्रो मुड बनाउने निष्कर्ष निकालेको थियो ।
रुवाइले अध्ययनमा ९० प्रतिशत रोएका व्यक्तिहरुको मुडमा परिवर्तन ल्याउन सफल भएको थियो भने १० प्रतिशतमा नकारात्मक प्रभाव देखिएको थियो ।
५. रुदा तनावबाट मुक्त भइन्छ
रुदा शरीरमा रहेको नकारात्मक सोचलाई हट्नुकासाथै सकारात्मक शक्ति आउँछ। जति खुल्ला रुपमा रुन सक्यो त्यति
स्वस्थ भइने र शरिरमा स्फुर्ति थपिन्छ ।