यसरी बन्द गर्नुहोस्, आफैँ प्ले हुने वेबसाइटका भिडिओ-Sutra News

यसरी बन्द गर्नुहोस्, आफैँ प्ले हुने वेबसाइटका भिडिओ

आइतबार, १४ कार्तिक २०७८

आइतबार, १४ कार्तिक २०७८

इन्टरनेटमा कयौँ वेबसाइटले अटो प्ले भिडिओ अर्थात आफैँ भिडिओ बज्ने फिचर प्रयोग गरिरहेका हुन्छन् । सामान्यतयाः यस्ता भिडिओमा विज्ञापन हुने गर्दछ, जुन ती वेबसाइटको आम्दानीको स्रोत समेत हो ।



तर कतिपय समय यस्ता भिडिओले प्रयोगकर्तालाई हैरानी दिइरहेका हुन्छन् । तपाईंले पनि पक्कै कहिल्यै यस किसिमको समस्या सामना गर्नु भएकै होला ।

यदि तपाईं आफ्नो वेब ब्राउजरमा अटो प्ले भिडिओ रोक्न चाहनुहुन्छ भने आज हामी तपाईंलाई त्यसको सजिलो उपाय बताउँदै छौँ । जसबाट तपाईं गुगल क्रोम, फायरफक्स जस्ता ब्राउजरमा वेबसाइट खोल्दा हुने भिडिओको अटो प्ले बन्द गर्न सक्नुहुनेछ ।

गुगल क्रोममा यसरी बन्द गर्नुहोस् वेबसाइट भिडिओको अटो प्लेः

गुगल क्रोममा कुनै यस्तो फिचर छैन, जसबाट अटो प्ले भिडिओ बन्द गर्न सकियोस् । बरु यसको साटो तपाईंले भिडिओ म्युट गर्न सक्नुहुन्छ ।

भिडिओ म्युट गर्नका लागि सुरुमा गुगल क्रोम खोल्नुहोस् र दायाँतर्फ रहेको तीन ओटा थोप्ला भएको बटनमा क्लिक गर्नुहोस् । त्यहाँ रहेको प्राइभेसी एन्ड सेक्युरिटी विकल्प चयन गर्नुहोस् ।

अब साइट सेटिङमा जानुहोस् र एडिसनल कन्टेन्ट सेटिङमा क्लिक गर्नुहोस् । त्यसबाट ‘डन्ट अलाउ साइट्स टु प्ले साउन्ड’ गर्नुहोस् । यति गरेसँगै अटो प्ले हुने भिडिओको आवाज बन्द हुनेछ ।

अर्को तरिकाः

अटो प्ले भिडिओ बन्द गर्नका  लागि क्रोम वेब स्टोरमा जानुहोस् । त्यहाँ अटोप्लेस्टपर (Autoplaystopper) एक्स्टेन्सन सर्च गर्नुहोस् । अब उक्त एक्स्टेन्सनलाई इन्स्टल गर्नुहोस् ।

मोजिल्ला फायरफक्समा के गर्ने ?

मोजिल्ला फायरफक्सले आफ्ना प्रयोगकर्तालाई अटो प्ले बन्द गर्ने सुविधा दिन्छ । यदि तपाईं यस्ता भिडिओलाई रोक्न चाहनुहुन्छ भने सुरुमा फायरफक्स ब्राउजर खोल्नुहोस् ।

अब ह्याम्बर्गर मेनुमा जानुहोस् र सेटिङमा क्लिक गर्नुहोस् । त्यहाँ रहेको प्राइभेसी एन्ड सेक्युरिटी विकल्प चयन गर्नुहोस् ।

त्यसमा तलतर्फ स्क्रोल गर्नुहोस् र अटो प्लेमा जानुहोस् । अब त्यहाँ रहेको ब्लक अडियो ओर भिडिओमा क्लिक गर्नुहोस् । टेकपाना  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट