न्यायालय विवाद- प्रधानन्यायाधीश र न्यायाधीशबीच छलफल हुने, वार्ता टोली गठन-Sutra News

न्यायालय विवाद- प्रधानन्यायाधीश र न्यायाधीशबीच छलफल हुने, वार्ता टोली गठन

आइतबार, १४ कार्तिक २०७८

आइतबार, १४ कार्तिक २०७८

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ता गर्ने भएका छन् ।



आज सर्वोच्च अदालतमा बसेको बैठकले छलफलका लागि वार्ता टोली गठन गरेको हो ।

प्रधानन्यायाधीश जबरा सम्मानजनक बहिर्गमनका लागि तयार भए उनको प्रस्ताव सुन्ने निर्णय भएको एक न्यायाधीशले जानकारी दिए ।

आजको बैठकले प्रधानन्यायाधीशको जसरी पनि बहिर्गमन हुनुपर्ने अडानसमेत राखेको छ ।

त्यस्तै आज नेपाल बार एसोसिएसनको बहिष्कारकाबीच  प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराले आइतवार मुद्दा सुनुवाइ गरेका छन् । 

सर्वोच्च अदालतका १९ जना न्यायाधीशसमेत उनको राजीनामा मागेर अघोषित इजलास बहिष्कारमा रहेका बेला प्रधानन्यायाधीश जबराले मध्यान्हपछि आफ्नो इजलासमा पेसीमा राखिएका दुईवटा रिटको सनुवाइ गर्दै आदेश जारी गरेका छन् । 

जबराले एउटा रिटमा अन्तरिम आदेश जारी गरेका छन् भने अर्को एउटा रिट हेर्दाहेर्दैमा सकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । 

न्यायाधीश कुमार रेग्मीसँगको संयुक्त इजलासमा भने रेग्मी नगएपछि सुनुवाइ हुन सकेन । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट