न्यायालय विवाद- बेन्च बहिष्कार गरेका न्यायाधीश पनि छलफलमा जुटे-Sutra News

न्यायालय विवाद- बेन्च बहिष्कार गरेका न्यायाधीश पनि छलफलमा जुटे

सोमबार, १५ कार्तिक २०७८

सोमबार, १५ कार्तिक २०७८

काठमाडौँ । सर्वोच्च अदालतमा न्यायाधीशहरुबीचको बैठक सुरु भएको छ । न्यायालय सुधारको माग गर्दै ८ दिनदेखि बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।



प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमन हुनुपर्ने माग न्यायाधीशहरुले राख्दै आएका छन् । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले एक न्यायाधीशमार्फत सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेका थिए ।

प्रधानन्यायाधीशले भने आफूलाई ग्रेसफुल एक्जिट हुनुपर्ने प्रस्ताव राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट