विश्वासको मत नपाउने भएपछि राजीनामा दिंदै मुख्यमन्त्री आचार्य-Sutra News

विश्वासको मत नपाउने भएपछि राजीनामा दिंदै मुख्यमन्त्री आचार्य

सोमबार, १५ कार्तिक २०७८

सोमबार, १५ कार्तिक २०७८

काठमाडौँ ।  प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । आजको प्रदेशसभाको बैठकमा आचार्यले सम्बोधन गरेर राजीनामा दिने भएका हुन् ।



मुख्‍यमन्‍त्री आचार्यले विश्‍वासको मत नपाउने लगभग निश्‍चित भएपछि राजीनामा दिन लागेको बताइएको छ । 

त्यस्तै प्रदेश १ मा गठबन्धन दलको तर्फबाट राजेन्द्र कुमार राई मुख्यमन्त्री बन्ने निश्चित भएको छ । विपक्षी गठबन्धनमा प्रमुख प्रतिपक्षी दल कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट