पार्टीले राष्ट्रघात गर्न खोज्यो भने अध्यक्ष भन्दैमा ओलीलाई मान्दिन- भीम रावल-Sutra News

पार्टीले राष्ट्रघात गर्न खोज्यो भने अध्यक्ष भन्दैमा ओलीलाई मान्दिन- भीम रावल

सोमबार, १५ कार्तिक २०७८

सोमबार, १५ कार्तिक २०७८

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू जहिले पनि राष्ट्रहितका कार्यहरुमा मात्र लाग्ने बताएका छन् ।  एक निजी टेलिभिजनसंग अन्तर्वार्ता दिंदै नेता रावलले यस्तो बताएका हुन् । 



उनले पार्टीको हितका लागि आफूले जुनसुकै काम पनि गर्न पछि नपर्ने उल्लेख गरे ।  उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हितमा नलागेको प्रष्ट पारेका छन् । 

उनले विगतका दिनहरुमा आफूले महत्वपूर्ण पद पाउँदा पनि त्यसमा नलागी पार्टीको काममा मात्र लागेको बताए । 

‘ म पार्टीको हितमा लाग्ने मान्छे हो, आफ्नो पार्टी नराम्रोतर्फ जाँदैछ भने अध्यक्ष भन्दैमा चुपचाप लागेर बस्ने कुरा हुँदैन ।’  उनले भने । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट