ओलीसँग असन्तुष्ट जनाउँदै रावलले भने- माधवजीको पार्टीमा गएको भए रोजेको पद पाउँथे-Sutra News

ओलीसँग असन्तुष्ट जनाउँदै रावलले भने- माधवजीको पार्टीमा गएको भए रोजेको पद पाउँथे

सोमबार, १५ कार्तिक २०७८

सोमबार, १५ कार्तिक २०७८

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू जहिले पनि राष्ट्रहितका कार्यहरुमा मात्र लाग्ने बताएका छन् ।  एक निजी टेलिभिजनसंग अन्तर्वार्ता दिंदै नेता रावलले यस्तो बताएका हुन् । 



उनले पदका लागि आफूले केही काम नगर्ने  उल्लेख गरे । तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गरेको प्रसंग उल्लेख गर्दै उनले पार्टीको हितविपरित हुने भएका कारण आफू त्यो पार्टीमा नगएको प्रष्ट पारे ।

‘माधव नेपालको पार्टीमा गएको भए रोजेको पद पाउने थिएँ, पार्टीमा मात्र होइन सरकारमा पनि खोजेको पद पाउँथे । ‘ उनले भने ।

उनले विगतका दिनहरुमा आफूले महत्वपूर्ण पद पाउँदा पनि त्यसमा नलागी पार्टीको काममा मात्र लागेको बताए । 

‘ म पार्टीको हितमा लाग्ने मान्छे हो, आफ्नो पार्टी नराम्रोतर्फ जाँदैछ भने अध्यक्ष भन्दैमा चुपचाप लागेर बस्ने कुरा हुँदैन ।’  उनले भने । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट