बैंकबाट सेयर कर्जा लिन पाउने नीति परिवर्तन हुँदैन-गभर्नर अधिकारी  -Sutra News

बैंकबाट सेयर कर्जा लिन पाउने नीति परिवर्तन हुँदैन-गभर्नर अधिकारी  

सोमबार, १५ कार्तिक २०७८

सोमबार, १५ कार्तिक २०७८

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर लगानीका लागि बैंकबाट सेयर कर्जा लिन पाउने नीतिलाई तत्काल परिवर्तन नगर्ने संकेत गर्नुभएको छ ।



नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा गर्भनर अधिकारीले सेयर लगानीका लागि बैंकबाट दिने ४ र १२ करोडको सीमा नहट्ने संकेत गर्नुभएको हो ।

सेयर बजार अत्यन्तै संवेदनशील क्षेत्र भएको भन्दै उहाले यसलाई खुला छाड्यो भने आकार बढ्दै जाने तर्क गर्नुभयो । सेयर बजारप्रति कुनै धारणा बनाउन उक्त निति नल्याएको भन्दै उहाले साना लगानीकर्तालाई पनि अवसर दिन ल्याएको नीति भएको धारणा राख्नुभयो ।

त्यस्तै अधिकारीले तरलता कम भएकै कारणले ऋण लिनै नपाउने अवस्था आउन नदिने बताउनुभयो । बैंकहरुमा भएको तरलता अभाव बैंकहरुकै कारण भएको उहाको भनाई छ ।

गभर्नर अधिकारीले तरलताका लागि करिब ७ खर्ब रुपैयाँको सुरक्षण बेच्ने क्षमता रहेकाले तरलता अभाव हुन नदिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट