काठमाडौँ । माओवादी छाडेर नेकपा एमालेका नेता प्रभु साहले अध्यक्ष केपी शर्मा ओली पार्टीमा रहँदासम्म आफूले साथ दिने बताएका छन् ।
सोमबार चितवनमा आयोजित एमाले भरतपुर महानगर अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले अध्यक्ष ओली जिउँदो रहँदासम्म आफ्नो निस्वार्थ साथ रहने बताएका हुन् ।
उनले भने, ‘अध्यक्ष ओली अगाडि बढ्नुपर्छ । र, बढ्नुहुनेछ । उहाँ जिउँदो हुँदासम्म म निस्वार्थ साथ दिनेछु । सबैले देशको सपना पूरा गर्न सबैले साथ दिनुपर्छ ।’