दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो -Sutra News

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो 

मंगलबार, १६ कार्तिक २०७८

मंगलबार, १६ कार्तिक २०७८
nepse

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा दोहोरो अंकको सुधार भएको छ । नेप्से परिसूचक २३ दशमलव ७६ अंकले बढेर दुई हजार आठ सय ४३ दशमलब ६२ विन्दुमा पुगेर बन्द भएको छ ।



नेप्सेमा कारोबारमा आएका दुई सय ३० कम्पनीले नौ करोड ७७ लाख चार सय ४३ कित्ता सेयर कारोबार गर्दा कुल ६ अर्ब सात करोड ३७ लाख बराबरको कारोबार भएको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको शेयर भएको छ । यस बैंकको ४६ करोड ९७ लाख २३ हजार चार सय १५ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका तीन वटा समूहको सूचकबाहेक अन्य सबै समूहको सूचक बढेका छन् । विकास बैंक र अन्य समूहको सूचकमा तीन प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने बाँकी सबै समूहको सूचकमा शून्य दशमलब एकदेखि एक प्रतिशतभन्दा धेरैको सुधार आएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कम्पनीमध्ये साहस उर्जा कम्पनी र गुडविल फाइनान्स कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । यिनीहरूको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ । विशाल बजार कम्पनी, नेपाल बंगलादेश बैंक, आरएमडीसी लघुवित्त लगायतका पाँच कम्पनीको सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । आज यस कम्पनीको सेयर मूल्य दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट