प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच साइडलाइन भेट-Sutra News

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच साइडलाइन भेट

मंगलबार, १६ कार्तिक २०७८

मंगलबार, १६ कार्तिक २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ ।



संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुईदिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन आएका समकक्षी मोदीबीच मङ्गलबार भेटवार्ता भएको हो ।

स्थानीय समयानुसार बिहान भएको मैत्रीपूर्ण भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई अझ कसरी प्रगाढ र सुदृढ बनाउने भन्ने सन्दर्भमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट