मोदी देउवा भेट : हवाइ अनुमति र रासायनिक मलबारे छलफल-Sutra News

मोदी देउवा भेट : हवाइ अनुमति र रासायनिक मलबारे छलफल

बुधबार, १७ कार्तिक २०७८

बुधबार, १७ कार्तिक २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई महेन्द्रनगर, धनगढी, नेपालगंज र भैरहवाबाट हवाइजहाज प्रवेश बिन्दुलाई अनुमति दिन आग्रह गरेका छन् ।



स्कटल्याण्डको ग्लास्गोमा भएको साइडलाइन भेटमा देउवाले मोदीलाई हवाइअनुमति साथै रासायनिक मलको सहज आपूर्तिका विषयमासमेत कुरा गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले बताए ।

‘प्रधानमन्त्रीले हवाइ इन्ट्री पोइन्ट र रासायनिक मल सम्बन्धमा कुरा राख्नुभएको थियो,’ पौडेलले भने, ‘जवाफमा भारतीय प्रधानमन्त्री मोदीले तपाईंहरूको आवश्यकतालाई हामीले सकारात्मक ढंगबाट हेर्छौं भन्नुभएको छ ।’

दुवै देशका प्रधानमन्त्रीबीच यसबाहेको कोभिड नियन्त्रण, पूर्वाधार निर्माण लगायतका विषयमासमेत कुराकानी भएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले यसबारेमा ट्वीटसमेत गरेका छन् । उनले विश्वको महामारी र दिगो विकासलाई अघि बढाउने विषयमा देउवासँग आफ्नो कुरा भएको ट्वीटमार्फत खुलाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट