सुदूरपश्चिम घुम्दै गृहमन्त्री खाँण -Sutra News

 सुदूरपश्चिम घुम्दै गृहमन्त्री खाँण 

बुधबार, १७ कार्तिक २०७८

बुधबार, १७ कार्तिक २०७८

कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री बालकृष्ण खाँण सुर्खेत आइपुगेका छन् । सुदूरपश्चिम प्रदेशमा भएको बाढीपहिरोको निरीक्षण गर्न जाने क्रममा गृहमन्त्री खाँण सुर्खेत आइपुगेका हुन् ।



सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, बझाङ र बैतडी जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न जाने क्रममा उनी सुर्खेत आइपुगेका हुन् ।

गत ३१ असोजदेखि ३ कात्तिकसम्म ती जिल्लामा भएका बाढीपहिराको घटनामा परी ठूलो जनधनको क्षति भएको थियो ।

गृहमन्त्रीलाई खाँणलाई कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतका नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । गृहमन्त्रीका साथ ती जिल्लाका सांसद्, पूर्वमन्त्री एवं जनप्रतिनिधि र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेललगायत सहभागी छन् ।

सुर्खेत विमानस्थलमा नेता कार्यकर्ताहरूसँग भेट गरी खाँण सुदूरपश्चिम प्रदेशतर्फ गएको कांग्रेसका सुर्खेत जिल्ला सभापति कमलराज रेग्मीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट