बन्दीका रिटमा सुनुवाइ सुरु, चार विवादमा भयो आदेश -Sutra News

बन्दीका रिटमा सुनुवाइ सुरु, चार विवादमा भयो आदेश 

बुधबार, १७ कार्तिक २०७८

बुधबार, १७ कार्तिक २०७८
cholendra

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाइ गर्न गठन गरेका नौवटा इजलासमा सुनुवाइ सुरु भएको छ ।



तिहार बिदाअघि अन्तिम दिन भएको र सुनुवाइ नगर्दा बन्दीहरू मर्कामा पर्ने भन्दै असन्तुष्ट न्यायाधीशहरू इजलासमा बसेका हुन् । नौमध्ये चार इजलासले रिटमा सुनुवाइ गरेर आदेशसमेत जारी गरेका छन् भने अन्य इजलासमा सुनुवाइ जारी रहेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले न्युज कारखानालाई जानकारी दिए ।

जबराको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्च अदालतका १९ जना न्यायाधीशले मुद्दा सुनुवाइमा सहभागी नहुने बताए पनि जबराले इजलास तोकेका थिए ।

सातवटा संयुक्त र तीनवटा एकल इजलासमा बन्दीका मात्र रिट निवेदन तोकिएका छन् । जबराले इजलास गठन गरे पनि  न्यायायाधीशहरूले इजलास नजाने बताएका थिए । सोमबार बन्दीका मुद्दामा सुनुवाइ गरेका न्यायाधीश मंगलबार भने इजलासमा गएनन् ।

बुधबार भने तिहार बिदाअघिको अन्तिम दिन भएको, प्रधानन्यायाधीशसँगको वार्ता सकारात्मक बन्दै गएकोलगायतका कारण देखाएर सुनुवाइमा सहभागी भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट