कोरोना भाइरस- चीनले अनुदानमा दियो १६ लाख डोज खोप-Sutra News

कोरोना भाइरस- चीनले अनुदानमा दियो १६ लाख डोज खोप

बुधबार, १७ कार्तिक २०७८

बुधबार, १७ कार्तिक २०७८

चीनले अनुदानमा दिएको १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।



बुधबार मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गर्नुभएको हो ।

खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री खतिवडाले यसबर्षभित्रै सवै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाउने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउनुभयो । उहाले हालसम्म नेपाललाई चीनबाट ३४ लाख डोज खोप अनुदान सहायता अन्तर्गत प्राप्त भएको र जनमुक्ति सेनामार्फत अनुदानमा नै ३ लाख डोज थप अनुदान प्राप्त हुन लागको जानकारी दिनुभयो ।

त्यस्तै उहाले द्धिपक्षीय खरिद प्रक्रिया मार्फत १ करोड खोप नेपाल आएको बताउनुभयो । मन्त्रि खतिवडाले आगामी दिनमा पनि चीनको निरन्तर सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै चिनियाँ राजदूत होउ यान्छीले नेपालमा कोरोना नियन्त्रण र रोकथामका लागि सदैव सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट