ढिलो काम गर्ने कर्मचारीलाई कुलमानले सोधे- ‘यहाँ जात्रा हेर्न आएको हो ?’-Sutra News

ढिलो काम गर्ने कर्मचारीलाई कुलमानले सोधे- ‘यहाँ जात्रा हेर्न आएको हो ?’

बुधबार, १७ कार्तिक २०७८

बुधबार, १७ कार्तिक २०७८

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चितवनको भरतपुरस्थित बसेनी सबस्टेसन पुगेका छन् ।



तिहारको मुखमा विद्युत बन्द भएको खबर पाएपछि बुधबार उनी सो ठाउँमा पुगेका थिए ।

कर्मचारीहरुले गरेको कामप्रति कुलामानले चित्त बुझाउन सकेकन् । कर्मचारीहरुले मंगलबारदेखि नै सबस्टेसनमा पुरानो ट्रान्सर्फमर हटाएर नयाँ राख्न ट्रान्सर्फमर सुरु गरिएको जानकारी गराएका थिए ।

कर्मचारीहरुसंग बोल्दै उनले भने, ‘तपाईं हरेको हेरेकै, अनि पाँच जनाले काम गरेर हुन्छ त यहाँ ? यहाँ जात्रा हेर्न आउनु भएको ?’

घिसिङले अर्को ट्रान्सर्फमर बिहीबार विहानसम्म आइपुग्ने भएकाले बुधबार साँझसम्म पुरानो हटाएर तयारीको काम गर्न आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट