प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डल स्कटल्याण्डबाट स्वदेश फिर्ता-Sutra News

प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डल स्कटल्याण्डबाट स्वदेश फिर्ता

बिहिबार, १८ कार्तिक २०७८

बिहिबार, १८ कार्तिक २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्डबाट स्वदेश फर्किएका छन् ।



बिहीवार बिहान साढे ८ बजे उनीसहितको प्रतिनिधिमण्डल कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

देउवासहितको प्रतिनिधिमण्डल स्कटल्याण्डमा भइरहेको रास्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) अन्तर्गत विश्व नेताहरुको सम्मेलनमा लिन गएको थियो ।

फर्किने क्रममा विमानस्थलमा गृहमन्त्री बालकृष्ण खाणलगायतका अन्य नेताहरूले स्वागत गरेका थिए ।

बेलायतमा रहँदा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी रास्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसहित विभिन्न मुलुकका सरकार प्रमुख तथा राष्ट्रप्रमुखलाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट