नेकपा एसमाथि योगेशले गरे चर्को टिप्पणी – घुँडामुनी हानेको त टाउकोमै लागेछ कि के हो ?-Sutra News

नेकपा एसमाथि योगेशले गरे चर्को टिप्पणी – घुँडामुनी हानेको त टाउकोमै लागेछ कि के हो ?

बिहिबार, १८ कार्तिक २०७८

बिहिबार, १८ कार्तिक २०७८
yogesh

नेकपा एमालेका नेता योगेश भट्टराईले माधवकुमार नेपाल नेतृत्वको पार्टीमाथि बरबराएको आरोप लगाएका छन् ।



बिहीवार एक ट्वीट गर्दै उनले नेकपा एकीकृत समाजवादी पार्टीको नाम उल्लेख नगरी भनेका छन्,  ‘घुँडामुनी हानेको त टाउको मै लागेछकी के हो ? मित्रहरु खुब छटपटाउन र बरबराउन पो थाले त !’

बुधवार उनले एकीकृत समाजवादी पार्टी अवैध गर्भाधानबाट जन्मेको टिप्पणी गरेका थिए ।

एमालेको दशौँ महाधिवेशनमा अवैध पार्टीलाई निम्तो नदिने उनको टिप्पणीपछि सामाजिक सञ्जालमा तिखा प्रतिक्रियाहरू आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट