प्रचण्डले फेरे बोली- एमसीसी पास गर्नुपर्छ भन्दै देउवासंग मिलेर अमेरिकालाई पत्र-Sutra News

प्रचण्डले फेरे बोली- एमसीसी पास गर्नुपर्छ भन्दै देउवासंग मिलेर अमेरिकालाई पत्र

बिहिबार, १८ कार्तिक २०७८

बिहिबार, १८ कार्तिक २०७८
deuwa prachanda

काठमाडौँ । देशमा यतिबेला मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा चर्चा र बहस भइराखेको छ । यसले देशको राजनीतिक माहोललाई नै परिवर्तन गरिदिने सम्भावना बढेको छ ।



अहिले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीको पक्षमा खुलेर लागेका छन् । एमसीसी जसरी पनि अनुमोदन गर्नुपर्छ भन्ने अडानमा लागेका छन् । तर माओवादीले भने खुला रुपमा एमसीसी समर्थन गर्न चाहेको छैन ।

एमसीसी अनुमोदन गर्नुहुँदैन भनेर खुला रुपमा भाषण गर्दै हिंड्ने नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास गराउने भन्दै पत्र पठाएको खुलासा भएको छ ।

स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ मा सहभागिता जनाएर नेपाल फर्केका देउवाले पत्रकारहरुसंग कुरा गर्दै प्रचण्डले पत्र पठाएको खुलासा गरेका हुन् ।

पत्रकारहरुसंग कुरा गर्दै उनले भने, ‘प्रचण्डजी र मैले एमसीसी पास गराउछौं भनेर पत्र पठाइसकेका छौं ।’ देउवाले एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले आफूसँग एमसीसी संसदबाट अनुमोदनको बारेमा कुरा राखेको र आफूले त्यसलाई सत्ता गठबन्धनसँग मिलेर अघि बढाउने जानकारी दिएको प्रस्ट पारे । उनीहरु बीच मंगलबार भेटवार्ता भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट