एमाले बढार्ने सपना नदेख्न ओलीको थापालाई चेतावनी-Sutra News

एमाले बढार्ने सपना नदेख्न ओलीको थापालाई चेतावनी

बिहिबार, १८ कार्तिक २०७८

बिहिबार, १८ कार्तिक २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा कांग्रेस सिद्धिने टिप्पणी गरेका छन् । बिहीवार एउटा पुस्तक विमोचन कार्यक्रममा बोल्दै एमाले सिद्ध्याउने सपना कसैले नदेख्न चेतावनी दिएका हुन् ।



कांग्रेस नेता गगन थापालाई लक्षित गर्दै ओलीले भने, ‘हिजो हो कि कहिले, एकजना बाबु घुम्दै यतै भक्तपुर आएछन् । भ्याकुम क्लिनर लिएर आएका । अनि, भ्याकुम क्लीनर लगाएर एमाले सिध्याउने रे । बिचरा । सिंगै कांग्रेस कहाँ पुग्यो हेक्का छैन, एमाले भ्याकुम क्लिनरले सिध्याउने सपना तिनीहरुका ।’

ओलीले भ्याकुम क्लिनरले एमाले पत्तासाफ नहुनेसमेत बताए । उनले एमाले बढार्ने सपना नदेख्न कांग्रेसलाई चेतावनी दिए ।

केही दिन अघि थापाले भक्तपुरमा भाषण गर्दै एमालेलाई चुनावमा भक्तपुरबाट क्लीन स्वीप गर्ने बताएका थिए । कतै कुनाकाप्ची बाँकी रहेमा ‘भ्याकुम’ लगाएर बढार्नेसमेत उनको दावी थियो । ओलीले भक्तपुरमै पुगेर गगनलाई जवाफ दिएका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट